मंसिर ८
साइनो समचारदाता
इटहरी । नेपाल प्रेस यूनियन सुनसरीले पदाधिकारी तथा केन्द्रीय पार्षद्को शनिबार इटहरीमा पदस्थापन कार्यक्रम गरेको छ ।
प्रेस युनियन सुनसरीको इटहरीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले धनबहादुर पुरी र पवन अधिकारीको अध्यक्षतामा नयौं कार्य समितिको सर्वसम्मतिले पदाधिकारी चयन गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला र पूर्वराज्यमन्त्री एवं संघीय सांसद सीताराम मेहताको आतिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको हो ।
जिल्ला अधिवेशन समारोहका निर्वाचन अधिकृत कृष्ण अधिकारी तथा केन्द्रीय प्रतिनिधि विजयसन्तोषी राईको उपस्थितिमा पदस्थापन गरिएको हो ।