धिमाल संस्कृति संरक्षणमा युवाको भूमिका विषयमा अन्तरक्रिया - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

धिमाल संस्कृति संरक्षणमा युवाको भूमिका विषयमा अन्तरक्रिया

मंसिर ८ गते
साइनो समचारदाता
उर्लाबारी । धिमाल परियोजना स्थल उर्लाबारी, मोरङमा धिमाल संस्कृति संरक्षणमा युवाको भूमिका विषयमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।


शनिबार धिमाल युवा तथा खेलकुद् मन्च केन्द्रीय समितिको आयोजनामा अन्तरक्रिया भएको हो । धिमाल जाति विकास केन्द्रका महासचिब केदार धिमाल कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा धिमाल जातीय बिकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर धिमाल, संस्थापक तथा पूर्ब उपाध्यक्ष सुर्यबहादुर धिमाल र संस्थापक सचिब मोहनकुमार धिमालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । समितिका केन्द्रीय अध्यक्ष श्रीप्रसाद धिमालको अध्यक्षतामा भएको कार्यक्रम मात्रिका धिमालले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर