फिदा सहिद बन्ने सहमति बनेपछि दुहबी जारी आन्दोलन स्थगित - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

फिदा सहिद बन्ने सहमति बनेपछि दुहबी जारी आन्दोलन स्थगित

मंसिर ७ गते
साइनो समचारदाता
दुहबी । सुनसरीको दुहबी जारी आन्दोलन प्रशासनसँग सहमति भएपछि सबै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । सहमति अनुसार मन्त्री परिषद्को पहिलो बैठकबाट ५४ वर्षिय फिदा हसुेन सहिद घोषणा हुदैछन् ।

हत्या पछि आक्रोशित स्थानीयबासीे सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीमार्फत् प्रधानमन्त्री केपी ओली समक्ष ५ बुंदे ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसैनलाई सहिद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षति पूर्ति तुरन्त उपलब्ध गराउनुपर्ने, मृतक फिदाको छोरालाई तुरन्त जागिर लगाइ दिनुपर्ने उल्लेख थियो । देशभरिनै हत्या हिंसा, बलात्कार र श्रृङ्खलाबद्ध मुस्लिम समुदायको हत्या हुँदा समेत मौन रहने वर्तमान सरकारको घोर भत्सना गर्दै यथासिघ्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने माग पनि गरिएको थियो । मागहरु मध्ये गृहमन्त्रीको राजीनामा बाहेक सबै माग पूरा गर्ने सहमति भएको छ । परिवारलाई १० लाख रुपिया क्षतिपुर्ती दिने, मृतकका एक जना छोरालाई नेपाल विद्युत प्राधिकरण दुहवी शाखामा जागिर दिने गृह मन्त्रालयले पत्र पठाएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीको रोहवरमा बसेको वार्तामा दिउँसोबाट आन्दोलन स्थगित गरिएको हो ।
बुधबार विहान सुनसरीको द्ुहवी नगरपालिका ९ सोनापुरमा अज्ञात समूहले गोली प्रहार गरि हत्या गरिएको थियो । दोषीलाई पक्राउ गरि कानुनको दायरामा ल्याउने आश्वासन दिएको छ, हत्यारालाई पक्राउ गर्न राज्यले ढिला सुस्ती गरे पुन आन्दोलन गर्ने चेतावनी संर्घस समितिका संयोजक दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दिएका छन् । आन्दोलन स्थगनसगैं फिदाको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने बजार, उद्योग कलकारखाना सञ्चालन हुनुका साथै यातायात सुचारु भएको छ ।

सम्बन्धित खवर