मंसिर ६
साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले बुधबार एक विद्यालयलाई सहयोग गरेकी छिन् ।
नगरपालिकाको वडा नम्वर ७ मा रहेको चन्द्रकिरातेश्वर माध्यमिक विद्यालयलाई सहयोग गरिएको हो । शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो भत्ता वापत्को रकम २१ हजार ५ सय १ रुपैयाको चेक प्रदान गरेकी थिइन् । उपप्रमुख वास्तोलाले विद्यालयका प्रधानाध्यापक हर्कराज जिमीलाई चेक प्रदान गरिन् ।