मंसिर ५
साइनो समचारदाता
उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले आगोलागी पीडितलाई सहयोग गरेका छन् ।
प्रदेश सासद लिम्बुले बुधबार पीडित परिवारलाई भेटेर तत्कालका लागि राहत स्वरुप व्यक्तिगत १० हजार १ सय सहयोग गरेका हुन् । उनले दुःख प्रकट गर्दै विपत्को बेला सबैलाई साथ सहयोग गर्न आव्हानसमेत गरेका छन् । आगलागीबाट क्षति भएको घरको अवस्था निरीक्षण गर्दै सांसद लिम्बूले सहयोगका लागि पहलकदमी लिने बताएका छन् ।
उर्लाबारी–७ का भक्तिराम अधिकारीको घर र होलसेल पसलमा मंगलबार दिउँसो आगलागी हुँदा १ करोड १५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।