समीक्षा मोडमा प्रधानमन्त्री - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

समीक्षा मोडमा प्रधानमन्त्री

मंसिर ५ गते
साइनो समचारदाता


काठमाडौं । सरकारको काम कारबाहीबाट पार्टी भित्र र बाहिरबाट आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली समीक्षामा मोडमा पुगेका छन् । उनले मन्त्रालय र मन्त्रीको कामको समीक्षा बुधबारदेखि थोलका छन् । दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लागेका बेला प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई राखेर मन्त्रालयले पेश गरेको कार्ययोजना अनुसार काम भए÷नभएको समीक्षा गर्न लागेका थालेका हुन् ।
मन्त्रालयहरूले गत असार महिनामा बुझाएको कार्ययोजनाअनुसार काम गरेका छन् कि छैनन् प्रधामन्त्रीले गहिरो गरी समीक्षा गर्ने क्रम सुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए । मन्त्रालय र मन्त्रीहरूको काम अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवयेर पनि प्रयोगमा ल्याएको छ। मन्त्रालयहरूले बुझाएका कार्ययोजना सफ्टवयेरमा राखिएका छन । असोज महिनादेखि मन्त्रालयले सफ्टवयेरको प्रयोगबाट पनि अनुगमन थालेको हो।
शुक्रबारसम्म चल्ने समीक्षाअन्तर्गत बुधबार भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा पशुपंक्षी, उद्योग वाणिज्य तथा सहरी विकास मन्त्रालयको समीक्षा गरिएको छ । प्रधानमन्त्रीले हरेक महिनाको ७ गते मन्त्री र मन्त्रालयले गरेका कामबारे अनुगमन गर्ने बताइए पनि चार महिनाको कार्यप्रगतिबारे एकै पटक तीन दिनसम्म समीक्षा गर्न प्रारम्भ गरिएको हो । मन्त्री र मन्त्रालयका कामबारे समीक्षा गरेपछि ढिलासुस्ती गरेको पाइएमा सचेत गराउने पनि प्रधानमन्त्रीको तयारी छ ।
बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको समीक्षा कार्यक्रम दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो ।

सम्बन्धित खवर