मंसिर ५ गते
साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुलाई कृषि पेशातर्फ व्यवसायिक भएर अघि बढ्ने उत्प्रेरणा जगाउन ३ दिने तरकारी खेती तालिम सकिएको छ ।
कृषि शाखाको आयोजनामा वडा नम्वर ३ स्थित सामुदायिक अध्ययन केन्द्रमा तालिमको आयोजना गरिएको थियो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै युवाहरुलाई स्वरोजगार बन्न उत्प्रेरणा दिएकी थिइन् । युवा लक्षित कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १ जना महिला सहित ३ जनाका दरले तालिममा १० वडाका ३० जनाको तालिम लिएको सहजकर्ता एवम् कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाए ।