मंसिर ५ गते
साइनो समाचारदाता
मंसिर । पथरी जेसीजले जेसीज सप्ताह २०१८ गर्नेको आयोजना गर्ने भएको छ ।
जेसीज सप्ताह कार्यक्रम मंसिर ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ । सप्ताह कार्यक्रममा अन्तर्गत मंसिर ७ गते सप्ताह समुद्घाटन तथा लागू पदार्थ दुव्र्यसनी सम्वन्धी जनचेतना, ८ गते मैत्रीपूर्ण फुटबल खेल उद्योग वाणिज्य संघ र पथरी जेसीज, ९ गते वृक्षरोपण कार्यक्रम, १० गते स्लो बाइक प्रतियोगिता, ११ गते गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लत्ता कपडा वितरण, १२ गते सप्ताह समापन पथरी बहुमुखी क्याम्पसमा डस्टबिन वितरण तथा मोटिभेसन स्पिच कार्यक्रम हुनेछ । पत्रकार सम्मेलनमा सप्ताह कार्यक्रमका मूल संयोजक जेसी दिपेश रिजालले कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए । पथरी जेसीजका अध्यक्ष जेसी टिकाविक्रम चौहानको अध्यक्षतामा भएको सो कार्यक्रमलाई महासचिव जेसी टि.एन. तिम्सिनाले सञ्चालन गरेका थिए ।