साङ्गाङ परियोजना बारे छलफल - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

साङ्गाङ परियोजना बारे छलफल

साइनो समचारदाता
याङ्वरक । इक्साहाङ इक्मिसो पेखेइङ बेघा थोबोजुम काठमाडौंले साङ्गाङ् परियोजनाको दृष्ट्रिकोण र अबधारणा बारे छलफल गरेको छ ।


पान्थरको याङ्बरक गाउँपालिका २ तिमतिम्बुमा स्थानीयबासी, बुद्धिजिवि, राजनीतिक, सामाजिक अगुवाहरुलगायतसँग छलफल गरिएको हो । वडा अध्यक्ष देउकुमार योङहाङ, थोबोजुमका केन्द्रीय अध्यक्ष मचिन्द्र योङहाङ, सल्लाहकार प्रकाश बेघालगायतले परियोजना बारे राय राखेका थिए । परियोजना स्थलमा रहेको साङ्गाङ् पोखरीलाई आकर्षक बनाईने पाथीभरा, सिंहदेवी देवस्थल, धर्मद्धार साधुको हवनस्थल, साधु कुवा जिर्ण रहेकाले संरक्षण गर्ने बताइएको छ । सङ्ग्राहलय, किरात माङ्हिम्, भ्यू टावर, बोटानिकल गाडर््न पार्क, पदमार्गलगायतको भौतिक संरचना निर्माण गरी पूर्वी क्षेत्रको उत्कृष्ट गन्तव्य स्थल बनाउने लक्ष्यको साथ कार्य प्रारम्भ गरिसकेको थोबोजुमका अध्यक्ष प्रविन बेघाले बताएका छन् । परियोजना स्थल ४९ रोपनी क्षेत्रफल रहेको छ । कार्यक्रममा जेष्ठ नागरिक मेघराथ बेघा, दिनबहादुर बेघा, प्रतिमान बेघालार्य सम्मान पनि गरिएका थियो ।

सम्बन्धित खवर