मंसिर २
साइनो समचारदाता
पथरी । नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्राउने क्रममा धान काट्ने मेसिनको प्रयोग गरिएको छ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको हसन्दह, शनिश्चर आसपासमा मेशिन प्रदर्शन गरिएको हो । नगरपालिकाको कृषि शाखामार्फत् यस आर्थिक वर्षमा नगरका २ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर सहितको धान काट्ने मेसिन (रिपर) प्रदान गरेको थियो । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिको उपस्थितिमा वडा नम्वर ५ र ६ को कार्यालय अगाडिको सर्वप्रथम धान कटान प्रदर्शन भएको थियो ।
हसन्दह साना किसान र १ नम्वर वडाको उत्साही साना किसान सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा एक एक वटा धान काट्ने मेसिन प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाइन् ।