मंसिर १
साइनो समचारदाता
पथरी । विश्वशान्तिको कामना सहित ३० दिने जप ध्यान, साधना तथा अभ्यास, प्रज्ञा पारमित पाठ(बूम) वाचन सकिएको छ ।

मंसिर १ गते शनिवार अभिशेक (छेवाङ) कार्यक्रम गरी समापन भएको हो । लामा गुरुहरुले विश्वशान्तिको कामना गर्दै रत्नरुपी मानव जीवनलाई लोभ, क्रोध, मोहरुपी दुष्कर्म, हटाई मोक्षलाभ भई चेतन सिल समाज र सम्वृद्ध राष्ट्र निर्माणमा महत्वपुर्ण भुमिका खेल्नको लागि लामाहरु एक महिना अगाडी देखि ध्यानमा बसेका थिए । असोज २९ गतेबाट सुरु भएको कार्यक्रममा ल्हासाङ तथा बुम पाठन वाचन, मणि मोलन, धर्मपालको पूजा, ग्याशि पूजा, छ्यान दोर्जे जिन्सेक हवानलगायत भएको थियो । ऊ सियार जम्भुलिङ बज्र गुम्बा पथरीशनिश्चरे १० को व्यवस्थापन, नेपाल तामाङ लामा गेदुनको आयोजनामा कार्यक्रम भएको थियो ।
















