सिक्किमबाट नेपाली फिल्म निर्माण हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

सिक्किमबाट नेपाली फिल्म निर्माण हुने

मंसिर १
साइनो समचारदाता
पान्थर । भारत सिक्किम प्रान्तबाट पहिलो लिम्बु नेपाली फिल्म निर्माण हुने भएको छ । सिक्किमको ग्रेजुएड लेभलमा अध्ययन÷अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ मा आधारित फिल्म बन्न लागेको हो । उपन्यास देउमान लिम्बूले लेखेका हुन् । सिक्किमे लिम्बूहरुको जीवनशैलीमा आधारित उपन्यासको पटकथा÷संवाद सागर केरुङले गरेका छन ।
मणि ताम्लिङ र बिराज लिम्बूले निर्माण गर्न लागेको चलचित्र टोली लोकेसन हन्टिङमा लागिपरेका छन । सिक्किमको विभिन्न ऐतिहासिक पर्यटकीय स्थल मार्ताम, हिगाउँ, केङ्बारी, बन्दुके, उत्तरे, हियुमाङ थेगु, गेजिङ, यक्सुम, दारापलगायतका ठाउँहरुमा छायांकन स्थल अनुगमन भइरहेको निर्माता मणि ताम्लिङले बताए ।
सन् आउदो जनवरीदेखि छायांकन हुने चलचित्रमा गीत–बिबि मुरिङ्ला, दिलसिङ मेन्याङ्बो, पबिन आङ्देम्बे, सागर केरुङ, स्वर सन्चमान लिम्बू, मणि ताम्लिङ, गंगा फियाक, यादन सेर्मा, मनु नेम्बाङ, संगीत कुल्बा सुब्बा, मणि ताम्लिङ रहेनेछन् भने नृत्यनिर्देशक दिनेश माङ्मु र क्यामेरामेन मेघराज मगराती रहनेछ । चलचित्रका केहि कलाकार छान्न बाँकी रहेको र निर्देशन कसले गर्ने भन्ने टुँगो लाग्न आँटेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित खवर