कात्तिक २८
साइनो समचारदाता
दमक । पन्थर, कुरम्बाका चर्चित बाल गायक मनिष लिम्बुको घर कहाँ बनाउने भन्ने विषयमा विवाद सुरु भएको छ ।
प्रवाश र स्वदेशमा रहेका नेपालीहरुले मनिषको घर निर्माणका लागि सहयोग पठाइरहदा उनको घर कहा बनाउने भन्ने विषयमा विवाद देखिएको छ । पाँचथरको कुरुम्बामा बनाउनेकी झापाको दमकमा भन्ने विषयमा विवाद देखिएको हो । त्यसो त मनिषको घर निर्माणका लागि भनेर झापाको दमकमा जग्गा खरिद गरिसकिएको छ ।
पाँचथरका स्थानीयहरु पहिलेबाट त्यहीँ ठाउँबाट बसेर यो स्थानसम्म आएको अब बन्ने नयाँ घर पनि सोही स्थानमा बन्नुपर्ने जोड् दिन्छन्, यता मनिसलाई रेखदेख गर्दै आएका गायक सुहाङ लिम्बु भने सेवा सुविधाका हिसावले पनि झापाको दमक उचित रहेकाले दमकमा मनिसको घर निर्माण गर्ने बताउँछन् ।