नेपाल उपविजेता हुँदै दोस्रो चरणमा - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नेपाल उपविजेता हुँदै दोस्रो चरणमा

कार्तिक २८
काठमाडौं । सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको छ ।
म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलको अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो। यद्यपी तीनै खेलमा बराबरी खेलेको नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो हाफमै अग्रता लिएको नेपालले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल खाएको थियो। नेपालको लागि कप्तान निरू थापाले खेलको १७ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। तर खेलको अन्तिम मिनेटमा बंगलादेशकी आखी खातुनले बराबरी गोल फर्काएकी हुन्। ।
नेपालले सुरूवाती २ खेलमा २ बराबरी खेल्दै २ अंक जोडिसकेको थियो आजको बराबरीसँगै तीन अंक जोडेको छ। समूहमा भारत र म्यानमारको समान ४–४ अंक छ। यो सँगै आजको अन्तिम खेल अघि नै भारत र म्यानमार दोस्रो चरण प्रवेश गरेका छन्। सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।
दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन् ।–सेतोपाटी

सम्बन्धित खवर