‘विदेश जाने नेताहरूलाई सरकारले खर्च दिदैन’ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

‘विदेश जाने नेताहरूलाई सरकारले खर्च दिदैन’

कार्तिक २८
साइनो समचारदाता
दोहा । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमै उपचार सम्भव भएका कुनै पनि रोगको उपचारका लागि बिदेश जाने नेता तथा कर्मचारीको उपचार खर्च सरकारले भुक्तान नगर्ने निर्णय गरि लागू भैसकेको बताएका छन । कतार सरकारको निमन्त्रणामा भ्रमणमा रहेका उनले सोमबार नेपाली राजदुतावास दोहा कतारमा नेपाली समुदाय सङ्ग बोल्दै सो कुरा बताएका हुन् ।
नेपालमा लामो समय पछि स्थिर सरकार आएकोले देशलाई समृद्धि तर्फ लैजाने जिम्मेवारी सरकारको रहेको भन्दै यादबले बर्तमान सरकारले केही महत्त्वपूर्ण काम शुरु गरेकोले त्यसको नतिजा केही समयमा देखिने दावी गरेका छन् । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले संविधानको केही बँुदामा आफुहरुको असहमती रहेको भएपनि मौलिक हकको धारामा अन्य बिकसित देशमा भन्दा धेरै अधिकार सुरक्षित गरिएको बताए ।
कतारका लागि नेपाली राजदुत प्रोफेसर रमेश प्रसाद कोइरालाले पछिल्लो समयमा नेपाल बाट कतारमा भएका उच्च स्तरीय भ्रमणले दुबै देश बिचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् । साथै कोइरालाले आफू रहेको देशको कानुनको सम्मान गरेर आफ्नो काम गर्न कतारमा कार्यरत नेपालीलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष एवं संरक्षक उपेन्द्र महतोले ब्यक्तिगत सफलताले मात्र नहुने भन्दै पहिला समग्र देश समृद्ध हुनुपर्ने बताए ।

सम्बन्धित खवर