अमेरिकामा शुभकामना आदानप्रदान कार्यक्रम - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

अमेरिकामा शुभकामना आदानप्रदान कार्यक्रम

साइनो समचारदाता
कार्तिक २६ गते
अमेरिका । नेपाली संघीय समाज (नेफेसो) अमेरिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नोभेम्बर ११ (कार्तिक २५ गते) आइतबार न्युयोर्कको क्वीन्स स्थित ज्याकसनहाईटमा भएको भएको कार्यक्रममा नागरिक अगुवा स्व. पद्यरत्न तुलाधारको योगदानको चर्चा गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । नेपालीहरूको महान चाडपर्वहरू, दशै , तिहार, वलिहाङ तङ्नाम, छठ, नेपाल सम्बत को अवसर मा शुभकामना तथा चियापान कार्यक्रम को आयोजना गरिएको हो ।


प्रमुख अथिति नेपाली माहा वाणिज्य दुतावास न्युयोर्कका उपमहावाणिज्य दुत कृशु क्षेत्रीले चाडपर्वहरू मनाउनाले संस्कृतिहरूको संरक्षण, प्रचार हुनका साथ गर्व महसूस हुने गरिने बताएका छन् । नेफेसो अमेरिकाका अध्यक्ष समिर महर्जनले नेपाली संस्कार, संस्कृति, परम्परा, रितिरिवाजहरूलाई विदेशी भूमिमा पनि हर्षाेल्लासका साथ मनाउदै आाएकाले पहिचान जोगाउने काममा संगठन लागिपर्ने भन्दै शुभकामना व्यक्त गरेका छन् । एनआरएन अमेरिकाका महासचिव बाबुराम लामा, फिप्नाका महासचिव प्रेम गुरूङ, हिमालयन बुद्दीष्ट कम्युनिटीका अध्यक्ष छेवक दोर्जे गुरूङ, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लोक्यान लामा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दिपेश लिम्बु, मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप राना, डुक्पिया किदुकका अध्यक्ष लाक्पा शेर्पा, युनाईटेट किरात राई अर्गनाईजेसन न्युयोर्क च्याप्टर अध्यक्ष केशवराम राई, शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पा, वालुङ कम्यूनिटीका अध्यक्ष दावाछिरिङ लामा, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष सुमन मगर, प्रवासी मन्च अमेरिकाका वरिष्ठ उपाध्यक्ष टेक गुरूङ , एनआरएन बोर्ड अफ डायरेक्टर सन्जय थापा, जनमन्च अमेरिकाका अध्यक्ष अग्नि राई, नेवा गुठी न्युयोर्क अध्यक्ष निर्मल प्रधान, सुनुवार समाज अमेरिका उपाध्यक्ष मोहन सुनुवार, शेर्पा किदुक महासचिव टेन्डी शेर्पा, प्रवासी मन्च न्युयोर्क अध्यक्ष अर्जुन सिंह, तामाङ सोसाईटी न्युयोर्क च्याप्टर अध्यक्ष गोमा योन्जन तामाङ, नेफेसो सल्लाहकार पार्वती थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । नेफेसो महासचिव मनोज सिंहले स्वागत मन्तव्य, संचालन, सचिव लोक चेम्जोङले गरेका थिए ।

सम्बन्धित खवर