क्यान्सर पिडित घड्कनलाई कोरियाबाट सहयोग जुट्यो (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

क्यान्सर पिडित घड्कनलाई कोरियाबाट सहयोग जुट्यो (भिडियो सहित)

साइनो समचारदाता

पथरी । मोरङ पथरीशनिश्चरे ७ का १६ बर्षीय ब्लड क्यान्सर पीडित घड्कन राईलाई कोरियामा कार्यरत नेपालिहरुको सहयोग जुटेको छ । पथरीशनिश्चरे ४ कीर्तिपुर निवासी हाल वैदेशिक रोजगारको क्रममा कोरियामा रहेकी ल्युलन राईको नेतृत्वमा १ लाख १४ हजार रकम संकलन गरि बिहिबार पिडितकी आमालाई प्रदान गरिएको छ ।


ल्युलनकी आमा पूर्णकुमारी राईले घड्कनकी आमा पञ्चमाया राईलाई सहयोग रकम हस्तान्तरण गरेको हो । समाजसेवी ल्युलन राईले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा कोरियामा एक कार्यक्रमको आयोजना गरि ४५ हजार र अन्य रोजगार गरि बस्ने राईहरुको नेपाली समुहले ६९ हजार सहयोग संकलन गरि सहयोग रकम जुटाएकी थिइन् । हाल पथरीशनिश्चरे ७ मा बसोबास गरिरहेका घड्कन राईको काठमाडौंमा उपचार भइरहेको छ । उपचारको क्रममा ३३ लाख खर्च भइसकेको र अझै २० लाख रकम आवश्यक परेकोले सहयोग गर्न घड्कनकी आमा पञ्चमायाले अनुरोध गरिन् । सहयोगले मात्र उपचारमा सम्भब नभएपछि पंचमायाले आफु बस्ने घर पनि विक्रीमा रहेको उनले पत्रकार सम्मेलन जानकारी दिइन् । धड्कनलाई बचाउन समुदायले तिहारमा देउशी भैलोको आयोजना गरि रकम संकलन कार्य समेत भैरहेको छ । स्वदेश र विदेशमा रहेका व्यक्ति तथा समूहगतरुपमा पीडित घड्कनको उपचारमा २० लाख सहयोग जुटिसकेको छ । सहयोग संकलन कार्यक्रम पनि जारी छ । एस ई ई दिएर पढ्न काठमाडौ गएका उनी ७ महिना अघि देखि उपचारत छन् ।

सम्बन्धित खवर