ईटहरी । नेपाल प्रेस युनियन सुनसरकिो अध्यक्षमा धनबहादुर पुरी र पवन अधिकारी चयन भएका छन । शुरुको १ बर्ष पुरी र ३ बर्ष अधिकारीले आलोपालो गर्ने सहमति अनुसार दुबैजना अध्यक्षमा निर्बाचित भएका हुन ।
आईतबार निर्बाचन तोकिएपनि सबै पदहरुमा सर्बसम्मत भएको छ । समितिको उपाध्यक्षमा सञ्जिब वाग्ले र रञ्जना पौडेल सचिबमा निशान चौधरी सहसचिबमा सुप्रिया राई र उषाकिरण घिमिरे,कोषाध्यक्षमा मिकाईल आलम चयन भएका छन ।
सदस्यहरुमा बिवेक रेग्मी,जीवन फुँयाल,सम्राट थापा,जितेन्द्र शाह,नबिन पाण्डे,बिरेन्द्र शाह,महिला सदस्यहरुमा कृण्णकला राई,सुस्मिता राई,सपना राई आदिबासी जनजाति सदस्यमा श्वेता सरदार अल्पसंख्यकमा निश्चल शर्मा चयन भएका छन ।
बिहिबार तोकिएको साधारणसभामा नयाँ सदस्यता बिवाद लगायत बिबिध कारणबश बन्दसत्र स्थगित गरी आईतबारका लागी निर्बाचन तोकिएको थियो । अध्यक्षमा बिवाद भएपनि शनिबार दुईजना उम्मेदवार बिच सहमति भएपछि आईतबार नयाँ समिति चयन भएको छ