इलाका प्रहरी कार्यालय पथरीले २ जना पटेका व्यापारमा संलग्न भएको आरोपमा पक्राउ परेको छ ।
आइतवार इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी पटेका सहित पक्राउ परेका उर्लावारी २ का २२ वर्षिय सुमन चौधारी र सोहि ठाउका २१ वर्षिय अरलाद थारुलाइ सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ३ बोरा (खोर्सानी बंम) पटेका वरामद गरीएको र पटेकका ओसार पसार गर्न प्रयोग भएको को २३ प ९९१५ नम्वरको मोटरसाइकल समेत वरामद गरिएको इलाका प्रहरी कार्यलय पथरी जनाएको छ । सो वारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय पथरीका इन्चार्ज कमल बजगाइले जानकारी दिनु भएको छ ।
गत १५ गते उनीहरुलाइ पथरीशनिश्चरे २ वोक्रे चौकवाट चेक जाँचका क्रममा प्रहरीले पक्राउ गरेको थियो ।