दमक । पश्चिम बाट पुर्व जाँदै गरेको को २ च ११८१ नम्बर को मारुति भ्यान र विपरित दिशा बाट आउदै गरेको मे ६ प ८९७४ नम्बर को मोटर साईकल एक आपसमा ठोक्किएर एक को मृत्यू भएको छ । मारुती भ्यान र मोटर साईकल एक आपसमा ठोकीएर दुर्घटना हुँदा पछाडी बस्ने कुम्मायक गाउँपालिका २ पाँचथरका २८ बर्षीय श्रवण कुमार सेर्माको उपचारको क्रममा दमक स्थित लाईफ लाईन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी श्यामल कुमार सुब्बा ले जनाकारी दिए ।
त्यसैगरी सक्त घाईते हुनेमा मोटर साईकल चालक दमक ११ निवासी वर्ष ४० का तारा सेर्मा को विर्तामोड स्थित विएमसी अस्पतालमा उपचार भैरहेको छ भने भ्यान चालक धरान १५ का महेन्द्र गुरुङ्ग र भेनका यात्री धरान ३ निवासी आशा खड्गी सामान्य उपचारपछि घर फर्किएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
दुर्घटनामा संलग्न भ्यान र मोटर साईकल इलाका प्रहरी कार्यलयको नियन्त्रणमा रहेको र अनुसन्धान भैरहेको इलाकाले जनाएको छ ।