भुटानको मन्त्रि परिषद्‌मा दुई नेपालीभाषी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भुटानको मन्त्रि परिषद्‌मा दुई नेपालीभाषी

थिम्पु — भुटानका प्रधानमन्त्री लोटे छिरिङले मन्त्रिपरिषद्मा २ जना नेपालीभाषी मन्त्री चयन गरेका छन् । ड्रुक न्यामरुप छोग्पा (डीएनटी) पार्टीका अध्यक्ष समेत रहेका लोटेलाई भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलले गत सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

लोटेले गठन गरेको ११ सदस्यीय मन्त्रिपरिषद्मा नेपालीभाषी सांसद लोकनाथ शर्मा र जयवीर राईलाई मन्त्री चयन गरेका हुन् । उनले भुटानमा नेपालीभाषीको संख्या करिब ३० प्रतिशत रहेको उल्लेख गर्र्दै उनीहरूलाई प्रतिनिधिका रूपमा मन्त्री चयन गरिएको जनाए ।

पार्टीले शनिबार सार्वजनिक मन्त्रिपरिषद् सदस्यमा लोकनाथ शर्मालाई आर्थिक मामिला र जयवीर राईलाई शिक्षामन्त्री नियुक्त गर्ने निर्णय गरिएको उल्लेख गरेको हो । मन्त्रिपरिषद्मा एक महिला मन्त्री चयन भएकी छन् । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्का सदस्यहरूको नामावली सार्वजनिक गर्दै लोटेले ‘परिवर्तन आवश्यकताबारे धेरै कुराकानी गरेको’ बताए । उनले भने, ‘अब आफैंलाई परिवर्तन गरौं ।’

लोटे बंगलादेश र अस्ट्रेलियामा अध्ययन गरेका चिकित्सकसमेत हुन् । सन् २०१३ मा राजनीतिमा प्रवेश गर्नुअघि छिरिङले मोन्गार अस्पतालमा कन्सल्टेन्ट सर्जनका रूपमा काम गरेका थिए । गत सेप्टेम्बर १५ र अक्टोबर १८ मा संसद्का ४७ सिटका लागि भएको चुनावमा डीएनटीले ३० सिट जितेको थियो । त्यसमध्ये ९ नेपालीभाषी छन् ।

सम्बन्धित खवर