भाइटीकाको साइत ११ बजेर ५५ मा - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

भाइटीकाको साइत ११ बजेर ५५ मा

काठमाडौँ
नेपाल पञ्चाङ्ग समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । पञ्चाङ्ग समितिको बैठकले २०७५ सालको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेट रहेको निर्णय गरेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले उक्त समयमा उतम साइत रहेको जानकारी दिनुभएको छ ।

यस वर्ष यमपञ्चक अर्थात तिहार कात्तिक १९ गते काग तिहार बाट सुरु भई २३ गते भाइटीका लगाई रमाइलो तिहार मनाइने भएको छ । । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड त्रयोदशी पर्व पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मनाइदै आएको छ ।

२१ गते बिहान गाईको पुजा गरिन्छ र बेलुकी कृष्ण औँशी अर्थात लक्ष्मीपूजा गरिन्छ भने यस दिन बेलुकी पालिमा बत्तीबालि लक्ष्मीको विधिपूर्व पुजाआराधना गरि लक्ष्मी भित्र्याई भैलो खेल्ने चलन छ । २२ गते शुक्ल प्रतिपदाका दिन गोरु र गोवद्र्धन पूजा हुन्छ र बेलुकी देउशी खेल्ने गरिन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन २३ गते परमपरा अनुसार चेलिबेटी हुनेहरुलेको चेलिबेटीको हातबाट भाइटीका थापेर आर्शिवाद लिने र उपहार दिने चलन रहेको छ । सो दि आफ्ना चेलि र माईती नहुनेले पनि चेलि र माइती बनाएर टिका थापेर सम्बन्ध गास्ने गरिन्छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

सम्बन्धित खवर