इतिहासमै पहिलो पटक सरकारी कामकाजमा स्थानीय लिम्बू भाषा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

इतिहासमै पहिलो पटक सरकारी कामकाजमा स्थानीय लिम्बू भाषा

पथरी  
लिम्बू भाषा नेपालमा इतिहासमा नै पहिलो पटक सरकारी कामकाजी भाषाको रुपमा प्रयोग हुने भएको छ । इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको कामकाजी भाषाको रुपमा स्थानीय लिम्बू भाषा प्रयोग हुने भएको छ ।

वडा समितिको आयोजनामा गत विहीबार वडा समितिको कार्यालयमा बसेको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, बुद्घिजिवीहरु र संघसंस्थाहरुको संयुक्त भेलाले सो ऐतिहासिक निर्णय गरेको हो । विभिन्न अप्ठ्याराहरुका बावजुत पनि लिम्बू समुदायको बहुल्यता रहेको र लिम्बू भाषा तथा सिरिजंगा लिपिको आधार क्षेत्र रहेकोले सरकारी कामकाजीको रुपमा माङसेबुङ बाट नै यो ऐतिहासिक कामको सुरुवात गरिएको वडा अध्यक्ष नरेन्द्र राईले बताउनुभयो ।

गत वर्ष माङसेबुङ गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालय र विद्यालयहरुको साइन बोर्ड देवनागरी र किरात सिरिजंगा लिपिमा उल्लेख गर्ने निर्णय गरी र कार्यन्वयन गरेता पनि कुनै पनि वडामा त्यहाँको स्थानीय भाषालाई यस अघि सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गरिएको थिएन ।
साथै हाल सम्म गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत स्थानीय भाषाको बारेमा केही समावेश गरेको छैन । नेपालको संविधान ले स्थानीय भाषालाई समेत सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि भाषा अनुवादक वा बहुभाषिक कर्मचारीको आवश्यकता पर्ने हुनाले त्यसको व्यवस्थापन गर्न आवश्यक जनशक्ति नभएको कारणले अहिले नै गाउँपालिकाको नीति तथा कार्यक्रममा नराखिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले बताए । स्थानिय सरकार जन्मेर भर्खर बामे सर्दै गरेको छ, यस बारेमा पछि योजना बनाउने समेत अध्यक्ष इधिङगोले सुझाए ।

लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्दा आउने समस्याहरुमा सहजीकरणका निमित्त स्वयमसेवकको भूमिका निर्वाह गर्न ५ सदस्य निर्माण गरिएको छ ।

सम्बन्धित खवर