झुप्रो भित्रका मुर्तिकार दिलमान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०२, २०८१

झुप्रो भित्रका मुर्तिकार दिलमान

गोपाल काफ्ले पथरी

नेपालमा मुर्तिकला र हस्तकलाको संरक्षण हुन नसकेकाले कलाकारहरु त्यसबाट बिमुख हुने गरेका छन । कला मै जिवन बिताउने अभिप्रायले मुर्तिकला र हस्तकला क्षेत्र अंगाले पनि नेपालमा भबिष्य नदेखेपछी बिदेशीनु पर्ने बाध्यता रहेको छ । त्यस्मा पनि ग्रामीण क्षेत्रका कलाकारले त आफुमा भएको कलाको कुनै निकायबाट सहयोग नहुदा कला गुम्साउन बाध्य भएका छन ।


मोरङ पथरीशनिश्चरेका दिलमान लिम्बु (बेघा) भने नेपालका बिभिन्न एैतिहासिक ब्याक्तीमा ढुङगा र काठका मुर्ति र हस्तकला बनाउदै यही पेसामा रमाईरहेका छन । तर यो कलामा राज्यले ध्यान र सरसहयोग नहुदा थोरै संख्यामा रहेका कलाकारहरु समेत लोप हुदै गएका छन् ।


बच्चा अवस्था देखिनै माटो र काठमा आकृती उतार्न सिपालु दिलमान लिम्बु २०७० साल देखि ब्यावसायीक रुपमा मुर्ति बनाउदै दुःख सुख जिवन चलाउन थालेका छन् ।
काठ, ढुङगा र रङ संग लामो समय खर्चेर तयार भएका कलाकृर्तीमा राज्यले ध्यान नदिएकाले सर्जकहरु निरुसाहित हुने परेको लिम्बु बताउछन ।
ढुङगा र काठ खोपेर कसैको आकृती उतारेर सामान्य जिबिको पार्जन गर्दै आएका दिलमान राज्यले सिप अनुसारको काम र निमार्ण भएका मुर्ति हस्तकलाको ब्यावस्थापन गरे बिश्व सामु नेपाललाई चिनाउन धेरै मुर्ति तयार पर्ने लिम्बुले बताए ।


३२ बर्षे लिम्बुले हाल सम्म ढुङगा र कास्टकला गरि ५० हाराहारी मुर्ति तयार पारेका छन । पुर्वी नेपालका मोरङ, सुनसरी, इलाम, पाँचथर, फिदिम, ताप्लेजुङ लगायतका स्थानमा उनले निमाण गरेका मुर्तिहरु सालिकका रुपमा रहेका छन । राज्यको तर्फबाट यतिका समय सम्म कुनै किसिमका तालिम र सहयोग नभएकाले आफु ओझेलमा परेको उनको गुनासो छ । आफु खोज अनुसन्धानका आधारमा कसैले भनेको भरमा परिकल्पना गरेर चित्र उतार्न सिपालु लिम्बु अवसर नपाएर मंगोलीय एतिहासीक ब्याक्तीहरु, राजा, भगवान र मृत्यू भएकाहरुका मुर्तिहरु खोप्ने गरेको लिम्बुले बताए ।

सम्बन्धित खवर