विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अहिले पनि नेपाली कांग्रेसको अस्तित्व बलियो अवस्थामा रहेको दाबी गरेका छन् ।
विराटनगरमा आज पत्रकारहरुसँग कोइरालाले सो कुरा बताएका हुन् । उनले पार्टीभित्र भएको गुटबन्दीले गत वर्षको निर्वाचनमा पार्टी पराजित भएको बताए ।
गुटबन्धीको अपजस नेतृत्वले नै लिनुपर्ने बताए ।
सोही अवसरमा कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारले सरकारको सफलताले मात्रै राजनीतिक उपलब्धि हुने भएकालेले सरकार गम्भीर हुनुपर्ने बताए । अबको निर्वाचनमा विजयी हुन कांग्रेसले अहिलेदेखि नै जनतामा जानुपर्ने बताए ।