सिन्धुली । सिन्धुलीमा पिङ खेल्ने क्रममा लडेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमलामाई –६ राममाडीकी ५ वर्षीया रिषा नेपाली छन् ।
बरको रूखमालगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।