लागूऔषध सहित एकजना पक्राउ - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

लागूऔषध सहित एकजना पक्राउ

उर्लाबारी । लागू–औषध सहित प्रहरीले उर्लाबारी, मोरङबाट एक युवकलाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका–६ स्थित मावा खोला पुलबाट भारत घर भई हाल उर्लाबारी–६ बस्ने वर्ष २५ को बिजय पोहरालाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा बसिरहेका पोहरालाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेपाम–९ एम्पुल, फेनारगन–९ एम्पुल र लुपिजेसिक–८ एम्पुल र नगद १७ हजार ३ सय ९५ रुपैँया बरामद गरेको हो । पक्राउ परेका उनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर