मध्य विन्दुमा दुर्घटना, सातको मृत्यु - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

मध्य विन्दुमा दुर्घटना, सातको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु ११ अरुणखोलामा आइतबार बिहान बस दुर्घटना भएको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नंम्बरको बस बिहान करिब ५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्युजनाको मृत्य भएको छ । पछिल्लो पटक दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षिय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु छ ।

यस अघि नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षिय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षिय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षिय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षिय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए ।

दुर्घटनामा घाइते भएका बाँकी ३५ मध्ये १५ जनालाई उपचारपश्चात घर फर्काइएको र बाँकी २० को भरतपुरमा थप उपचार जारी रहेकोे प्रहरीको भनाइ छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

सम्बन्धित खवर