सुकुम्बासी समस्या सामाधान गर्छुः मन्त्री ढकाल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

सुकुम्बासी समस्या सामाधान गर्छुः मन्त्री ढकाल

पथरी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सुकुम्बासीलगायत अन्य समस्याहरु वर्तमान सरकारको पालामा समाधान गर्ने दाबी गरेका छन् । देश विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै मन्त्रीले चुनावताका बोलेका कुराहरु पूरा गरेरै छाड्ने बताउँदै विश्सस्त रहन आग्रह गरेका छन् ।
मोरङको पथरीशनिश्चरेमा नेपाल कम्प्युनिस्ट पार्टीद्धारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टी गठन पूर्ण रुपमा गठन नभएकाले बजारमा चलेका केही नकरात्मक हल्लाको पछाडि नलाग्न कार्यकर्ताहरुमा अनुरोध गर्दै चाँडो भन्दा चाडो वडा देखि केन्द्र सम्मको कमिटी गठन हुने बताएका छन् । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाले बसोवासको समस्या समाधानसहितका ५ बुँदे ज्ञापनपत्र मन्त्रीलाई बुझाएको छ । दोहोरो स्वामित्व, अव्यवस्थित बसोबाससहितको समस्या समाधान, वक्राहा नदीको व्यवस्थित तटवन्ध, बग्राहमा मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र शीत भण्डारको व्यवस्थापनको माग राखिएको ज्ञापनपत्र नगरप्रमुख दिलिपकुमार राईले बुझाएका छन ।
पथरीशनिश्चरेमा भएको मुख्य समस्या सुकुम्बासी समस्या रहेकाले सुकुम्बासी समस्या समितिका संयोजक जहरमान लिम्बुले सुकुम्बासी समस्या यो दुई तिहाईको सरकारले पूरा नगरे आउदो चुनामामा गाँउ पस्ने स्थिति नरहने भएकाले चाँडो भन्दा चाँडो निकास दिन मन्त्रीलाई आग्रह गरेका छन् ।

 

सम्बन्धित खवर