नेपालीहरुको महान चाड दशै हर्सउल्लासका साथ मनाएर बिदा भएको छ । देवकालीन समयमा असत्य माथि सत्यको जित भएको दिनलाई स्मरण गर्दै मनाउने प्रचलन छ । दशैंमा घटस्थापनामा राखेको जमरा विजयदशमीका दिन अग्रजको हातबाट टिका थापी उक्त जमरा ग्रहण गर्दै कोजाग्रतपुर्णीमाका दिन बिर्सजन गर्ने प्रचलन रहेको छ । दशैमा घटस्थापनाका दिन देखी देवीका बिभिन्न ९ रुपका पुजा गरि दशैं दिन टिका लगाई आर्शिवाद लिने चलन रहेको छ । दशैमा घर छोडेर बाहिर कमाउन गएका परिवारहरु प्नि घर र्फकी दशैं मनायनाले दशैंको छुटै महत्व रहेको पाईन्छ ।
पुरानो प्रचलन अनुसार दशैंमा सय बर्ष कटेका वृद्ध वृद्धाको हातबाट टिका लगाएर आर्शिवाद थाप्दा आर्शिवाद पुरा हुने बिश्वास रहेको छ । पुर्वी मोरङको कानेपोखरी गाँउपालिका ४ मा कृष्ण माया निरौलाको घरमा टिका लगाउन अफ्ना आफन्तको बाक्लो उपस्थिती रहेको थियो । बिहानै देखि १ सय ५ बर्षिया कृष्ण माया निरौलाको हातबाट टिका थाप्न आएकाहरु आफ्नो पालो कुर्दै बसेको देखिए । १९७० सालमा पाँचथरको यासोकमा जन्मनु भएकी निरौला १ सय ५ बर्ष पुग्नु भएको छ । ५ भाइ छोरा १ छोरीकी आमाका ३ छोराको स्वगारोहण भैसकेको छ । पतिको स्वागारोहण भएको पनि ६३ बर्षभै सकेको छ । निरौलाको हातबाट टिका थाप्न जनाती जनातीनीले समेत भेटेका छन । पञ्चायत काल देखी दशै मनाउदै आउनु भएकी निरौलाले हाल सम्मको सबै दशैको मनाउदै आउनु भएको छ तर बिगतको दशैं र हालको दशैंमा टिका लगाउन उहाको हात समाउने गर्नु पर्छ । हाल साइलो छोरा भवानी प्रसाद निरौला र नाती र पनाती सहित सपरिवार मोरङको कानेपोखरीमा बस्दै आउनु भएको छ । हजुरआमा कृष्ण माया निरौलाले नेपालको सबै चुनावमा मतदान समेत गरिसक्नु भएको छ ।