भोलि पथरीमा कानुन मन्त्री आउदै नगरपालिकाले ज्ञापनपत्र बुझाउने तयारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

भोलि पथरीमा कानुन मन्त्री आउदै नगरपालिकाले ज्ञापनपत्र बुझाउने तयारी

 

पथरी । प्रदेश नम्बर १ को मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई पथरी शनिश्चरे नगरपालिका कार्यालयले ज्ञापन पत्र बुझाउने भएको छ । बसोवासको समस्या समाधान सहितका ५ बुँदे ज्ञापनपत्र स्थानीय सरकारले संघीय सरकारलाई भोलि मन्त्रीलाई भेटर पत्र बुझाउने भएको हो ।


सोमबार नगर प्रमुख दिलिपकुमार राईको अगुवाईमा वसेको वडाध्यक्ष सहितको बैठकले सो निर्णय गरेको हो । ज्ञापनपत्रमा, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास र सुकुम्वासी सहितको बसोवासको समस्या समाधान, वक्राहा नदीको व्यवस्थित तटवन्ध, वक्राहामा मौलीवारी जोड्ने झोलुङ्गे पुल निर्माण, पथरी डाइनिया सडक कालोपत्रे र नगरमा शीत भण्डारको व्यवस्थापनको माग राखिएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । मन्त्री ढकालले दशैं, तिहार, छैठको शुभकामना आदानप्रदान सहित आफ्नो निर्वाचन क्षेत्रमा ४ दिने कार्यक्रम तय गरिएको बताइएको छ ।
तात्कालिन नेकपा एमालेबाट मोरङ ३ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित ढकाल तेस्रो पटक आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम आएका हुन् । उनी कार्तिक ८ गते सम्म सहभागी हुनेछन् । मन्त्री ढकालले सोमबार बेलुका बेलबारीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका छन् । भोलि ६ गते पथरीमा विहान ७ बजेदेखि १० बजेसम्म पथरी बहुमुखी क्याम्पस, पथरी उद्योग बाणिज्य संघलगायत संघसंस्थाले पार्टी कार्यालय रत्न चोकमा भेट्ने कार्यक्रम छ । दिउसो ११ बजेदेखि
सिन भिलेज पार्टी प्यालेसमा स्थानीय नेता कार्यकर्ताहरुसंग औपचारिक तिहारको शुभकामना आदान प्रदान सहितको कार्यक्रम रहेको छ ।
भोलि नै दिउँसो कानेपोखरीमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बन्ने कार्यक्रम तय गरिएको छ । ७ गते बेलबारीका २ वटा कार्यक्रम तथा सुन्दरहरैंचाको विराटचोकमा युवा स्वरोजगार कार्यक्रम सहभागिता जनाउनेछन् । ८ गते सुन्दरहरैंचाका विभिन्न कार्यक्रममा सहभागी भई काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

सम्बन्धित खवर