मोरङ आगलागी घटनाः ‘चारै जनाको नियोजित हत्या गरियो’ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

मोरङ आगलागी घटनाः ‘चारै जनाको नियोजित हत्या गरियो’

अर्जुन जम्नेली राई
काठमाडौं । के मेरी आमा, दाजु(भाउजु र दिदी मारिनैपर्ने व्यक्ति थिए ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृह मन्त्रालय लाग्नु पर्दैन ? अब कहाँ गएर न्याय खोज्ने ? लगातार प्रश्न गरिन् इन्दिरा राईले । उनी शंकास्पद हत्या प्रकरणमा परेकी ८६ वर्षीया गंगामाया राईकी छोरी हुन् ।

घटना करिब एक वर्ष अघिको हो । २०७४ असोज ४ गते राति करिब १२ बजे मोरङ कानेपोखरी गाउँपालिकाको हरकपुरमा एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो ।

उक्त घटनामा आमा गंगामाया राई ९५६०, दाजु चन्द्रकुमार राई ९४९०, पार्वता राई ९चन्द्रकुमार र पार्वता पतिपत्नि० र दिदी विष्णुकुमारी राई ९तामाङ०को शंकास्पद हत्या भएको थियो ।

सखुवाको २५ खम्बा भएको, जस्ताको छानो भएको दुईतले घर थियो । त्यो रात घरको चारैतिरबाट एक्कासी आगो लागेको छिमेकीहरूले देखे । छिमेकीहरू त्यहाँ पुग्दा आधा जति घर जलिसकेको थियो । दमकल आइपुग्दा करिव डेढ करोडको धनपम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको शव आधा जलेको अवस्थामा रगताम्य भेटियो ।

राम्रोसँग अनुसन्धान नथाल्दा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ ।

मृतक गंगामायाको छोरा वा चन्द्रकुमारको दाई र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए । चन्द्रकुमारको छोरा र छोरी अध्ययनको लागि बाहिरै बस्दै थिए । गंगाको छोरी त्यही दिन आमा र दाजुभाउजु भेट्न कानेपोखरी आएका थिए । माइत आएकै दिन जलेर मर्नुपर्यो विष्णुकुमारीले पनि ।

घटना दुर्घटना, भव्यतब्य वा आफै भएको मान्न तयार छैनन् गंगामायाको छोरा रामकुमार र छोरी इन्दिरा । पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यन्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको पीडित परिवारको दाबी छ । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधी उम्कन नसक्ने पीडित परिवारको भनाइ छ ।

किन सपरिवारकै हत्या गर्नुपर्यो ?
मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनको वडा अध्यक्ष चलाएका व्यक्ति थिए । समाजमा नेतृत्वकर्ता नै थिए उनी ।

घरैमा किराना पसल भएकोले चन्द्रको गाउँमा प्राय सबैसँग मेलमिलाप थियो । आमा गंगामाया र बहिनी विष्णुको मात्र हत्या हुँदा चन्द्रकुमारले छाड्ने थिएनन् । अपराधी उम्किन मुस्किल पर्ने हुन सक्थ्यो । त्यही भएर आमा गंगा, छोरी विष्णुसहित चन्द्र र उनको पत्निको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दाबी छ ।

कहाँकहाँ भयो उजुरी ?
घटना हुँदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो । त्यहाँ उजुरीको साथै घटना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूकोबारे सबै सूचनाहरू उपलब्ध गराए पनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडित इन्दिरा राईले गुनासो गरिन् ।

पथरी प्रहरीमा राजनसहित तीन पटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ । सबै प्रहरी प्रमुखलाई घटनाका राम्रो अनुसन्धान गर्न अनुरोध गर्दै आए पनि खास वास्ता नभएको पीडित परिवारको गुनासो छ ।

चार(चार जनाको मृत्यु भए पनि प्रहरीले शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान नगरेको रामकुमार राईको पनि गुनासो छ । इलाका प्रहरी कार्यालय त्यसवेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको शंका छ ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, संघीय प्रहरी कार्यालय सनुसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरिएको पीडित रामकुमार राईले बताए ।

गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घटनाको प्रकृति बताए पनि मन्त्रालयको आवश्यक चासो नदेखिएको इन्दिरा राईको गुनासो छ ।

परिवारले उजुरी मात्र दिएका छैनन् । घटनास्थालमै २०७४ असोज २९ गते पत्रकार सम्मेलनको गरेर शंकास्पद हत्याबारे आम जनतालाई जानकारी गराएको थियो ।

एक बर्षपछि गत बिहीबार ९२०७५ असोज १८० काठमाडौंको रिर्पोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार, नागरिक समाज, बुद्धिजिवी, गृहमन्त्रालय, मानवअधिकारवादी संगठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धान गरिदिन पुनः आग्रह गरिएको छ ।

पत्रकार सम्मेलनमा ३ नम्बर प्रदेश सभासदस्य देवकी राई ९श्रेष्ठ०, किरात राई यायोक्खा पूर्वउपाध्यक्ष दुर्गा राई, इन्दिरा राईको पति चन्द्रकुमार हतुवारी, मृतक चन्द्रकुमार राईका छोरा र छोरीलगायत थिए ।
एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने कारण प्रष्ट खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिराले बताइन् ।
मृतक दिदी विष्णु र भेनाबीच विभिन्न कारण राम्रो सम्बन्ध थिएन । आमा गंगाको नाममा रहेको जग्गा देबर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको छ ।

परिवारको माग

दोहोर्याइ, तेहेर्याइ फेरि भन्छिन् इन्दिरा ‘घटना नियोजित हो, किन प्रभावकारी अनुसन्धान हुँदैन ? प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग छ ।’

राम्रोसँग अनुसन्धान नथाल्दा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ । तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धित निकायसँग इन्दिराको माग छ ।

चन्द्रकुमारको दुई छोराछोरीले एकै साथ मामाबाबु गुमाएका छन् । घटनाको छानबिन गरी निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले ।

हारगुहार कतैबाट पनि नपाए, प्रभावकारी छानबिन नभए आमरण अनशन, बन्द हडतालजस्ता अप्रिय बाटो लिन बाध्य हुने पीडित परिवारको चेतावनी छ ।

सम्बन्धित खवर