८ बर्ष अघिदेखी बाबु र आमा गुमाएका मोरङको पथरीशनिश्चरे ६ मा २ जना बालबालीका किरण र भावना दर्जीलाई छिमेकी कृष्ण कुमारी खड्काले पाल्दै आएकी छन । आफ्ना ३ छोरा र छोरी भएता पनि आमा रिता दर्जीको मृत्यु र बाबु गोपाल दर्जी बेपता भए पछि आफन्त कसैले नहेरे पछि आफ्नै छोरा छोरी सरह ८ बर्ष देखी संरक्षण गर्दै आउनु भएको छ । वडा नं. ८ मा रहेको बुद्ध माविमा अध्यनरत उनिहरुलाई आमाको मृत्यु र बाबु बेपता भएको समेत राम्ररी थाहा छैन् । उनिहरुलाई पालिरहेकी खड्काका श्रीमान पनि क्यान्सरबाट पिडित छन् तर उनिहरुलाई आफ्नै छोरा छोरी जस्तो गरेर पालिरहेको खड्का बताउछीन । लाखौँ खर्च गरेर मन्दिर धाउनु भन्दा पनि यस्ता असाह्यको सहयोगले पुण्य पाइने आफुलाई लागेको खड्काको भनाइ छ । टुहुरा बच्चालाई आफुले त सहारा दिए तर यि बच्चाहरुमा कसैको आँखा गएन यही कसैले सहयोग गरे अलिक सहज हुने खड्काले बताइन् ।
यदि यि बच्चामा कसैले सहयोग नगरे पनि यि बच्चाहरुलाई आफु सक्षम बनाएरै छाड्ने खड्काले बताईन ।
बाबुले छाडेर गए पछि आमाले बिदेशबाट दुखगरेर कमाएको पैसाले नजिकै एैलेनी जग्गा आफुले थपेर किरणकै भविष्यको लागि जग्गा किनीदिएको र सानो टहरा निर्माण गरि राखेको खड्गाले बतचाउनु भयो ।
बाबुले सानैमा छोडेर गए पछि आथिक अभावले बिदेश कमाउन गएकी आमा दुबै किड्नी फेल भए पछि नेपाल आएर धेरै औषधी गर्दापनी संभव नभए पछि मृत्यू भएको हो ।
बुद्ध माविमा अध्यनरत दर्जि दाजु बहिनीको आर्थिक अवस्था र सहार नभएका ले स्कुलले पनि सकेको सहयोग गदैे ब्यावस्थापनका लागि सहयोग जुटाउन पहल गरीराखेको प्रध्यानध्यापक बोधराज सिक्देलले बताउनु भयो ।
बाबा बेपता भए पछी र ममी खसेपछी ठुलोममीले खाने बस्ने राम्रै बेवस्थाले राख्नु भएको बालक किरण दजीले बताए ।