बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

बिध्यालय जोगाउन बाल क्लव र जनप्रतिनिधी जुट्दै

२०३८ सालमा स्थापना भएको सरस्वती आधारभुत बिध्यालय जोगाई राख्न अहिले स्थानिय नव ज्योती बाल क्लव जुटेको छ । बाल कक्षा देखी ५ कक्षा सम्म पढाई हुने स्कुलमा बिध्यार्थी भने ५० जना मात्रै छन । कुनै समयमा ४ सय बिध्यार्थी रहेको सो स्कुलमा अघिल्लो बर्ष २५ जना मात्र बिध्यार्थी रहेका थिए । यस बर्ष भने जनप्रतिनिधी र स्थानियको सहयोगमा ५० जना बिध्यार्थी रहेका छन ।

मोरङको पथरीशनिश्चरे वडा नं. २ मा अवस्थीत सो बिध्यालमा ४ जना शिक्षक दरबन्दी भए पनि भवन संरचना, शैक्षिक सामाग्री र अंग्रेजी शिक्षको मोहले बिध्यार्थी संख्या घटेको शिक्षक नेत्र प्रसाद खतिवडाले बताए ।

बिध्यालय बन्द हुने स्थिती आए पछि नजिकै रहेको बाल शिक्षालाई समेत सोही बिध्यालयमा संचालन गर्न थालेको छ । बिध्यालयमा ६ जना शिक्षक शिक्षीका र १ जना कार्यलय सहयोगी भए पनि अंग्रेजी शिक्षाको प्रलोभनले बिध्यार्थी संख्या स्कुलमा न्यून रहेको पाईन्छ ।

स्कुल जोगाउन र बालबालीकामा पढन पाढन गर्न सजिलो होस भनि वडा सदस्य पशुराम न्यौपाने र नव ज्योती बाल क्लवको सहकार्यमा ३० हजार बराबरको एल इ डी टिभी हस्तान्तरण गरेका छन । बाल बालिका स्कुल जान अभिपेरित होस भनि वडा सदस्य न्यौपानेले १२ ओटा बैठक भत्ता प्रदान गर्दै सहयोगी मनहरुलाई सो स्कुल जोगाईदिन समेत अनुरोध गर्नु भएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले वडाको पहलमा चौतारी सामुदायीक वन संग सहकार्य गरि एक शिक्षीका राखेको र आउदा दिनमा वडाले नगरको सहकार्यमा थप सहयोग अघि सार्ने वडा अध्यक्ष यम प्रसाद गुरगाईले बताए ।

टिभी हस्तान्तरण गर्दै नव ज्योती बाल क्लवका अध्यक्ष सन्देश कुमार रिजालले यस टिभीको सहि सदुपयोग गरे आउदा दिनमा थप सहयोग गर्ने बताए ।

सम्बन्धित खवर