इलाम । जिल्लाको माइजोगमाई जोगमाई खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने खोलामा माइजोगमाई १ प्रेमेजुङ्ग बस्ने बर्ष ७२ का डम्बर बहादुर राइको मृत्यु भएको हो ।
राई मंगलबार साँझ माछा मार्न भनि जाल बोकेर एक्लै घरबाट नजिकैको जोगमाई खोला गएका थिए । राती अबेर सम्म पनि घर नफर्किएकाले खोजि गर्ने क्रममा स्थानीयले बुधबार बिहान करिव ६स्३० बजेतिर मृतकले लगाएको टोपी र माछा मार्ने जाल फेला परेको स्थानियले बताए।
टोपी र जाल फेला परेको करिब दुई सय मिटर तल सुर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोललामा पानीमा डुबेको अवस्थामा राईको शव फेला परेको हो।