वृद्ध वृद्धाको साहारा बन्दै लर्ड बुद्ध सहकारी - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

वृद्ध वृद्धाको साहारा बन्दै लर्ड बुद्ध सहकारी

पुर्वी मोरङको लर्ड बुद्ध सहकारीले मुनाफा मात्रै हैन आफ्नो सेयर सदस्यको नजिकको साहारा बन्दै मन जितेको छ । सहकारीले सेयर सदस्यको मन जित्न राज्यलाई नै चुनैती दिने खाल्का कार्यमा हात हालेको र सेयर सदस्य बृद्धी र सहकारीमा पैसा बचत गर्न सेयर सदस्यहरुलाई आकर्षण गर्न सफल भएको छ ।

लर्ड बुद्ध संस्थाले २०७४ सालदेखी आफ्ना ७० बर्ष लागेका सेयर सदस्यहरुलाई मासिक २०० का दरले बृद्ध भत्ता बितरण गर्दै आएको छ । सो भत्ता बर्षेनी २ सयका दरले बृद्धी गर्दै लैजाने र जेष्ठ सदस्यले बुझाउनु पर्ने मार्षिक बचात बराबरको रकम मार्षिक र्फित्ता गर्दै जाने गरेको र आगामी दिनमा संस्थाले ज्येष्ठ सदस्यहरुको जन्मदिन संस्थामा केक काटेर मनाईदिने तयारी गरेको संस्थाका ब्यावस्थाप गणेश बाछान्ना राईले बताउनु भयो ।

सस्थाले आफ्नो १६ औँ बार्षिक साधारणसभाको अवसर पारेर ११ जना जेष्ठ सदस्य हरुलाई उक्त भत्ता लिदै बितरण गर्नुका साथै संस्थाले आफै रेमिटेन्स को सुविधा पनि शुरु गरेको छ । २६ गते संस्था पत्रकार सम्मेलन गरि १६ औं बार्षिक साधारण सभा र आर्थिक वर्ष २०७४÷७५ को प्रतिबेदन र ७५÷७६ को प्रस्तावित कार्ययोजनाको जानकारि दिएको हो ।

यश लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थामा १ हजार ४ सय ५ जना शेयर सदस्य रहेका छन भने संस्थामा १ करोड १७ लाख ८४ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । सस्थामा आर्थिक बर्षमा संस्थाको जम्मा बचत ६ करोड ८९ लाख ४९ हजार ६२८ रुपैँया रहेको छ भने संस्थाले जम्मा ७ करोड १३ लाख ३१ हजार ६७४ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शुद्द बचत तर्फ १० लाख ८७ हजार ८६९ रुपैयाँ रहेको छ देखिन्छ ।

पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्य रहेको संस्थाले पुर्व सञ्चालक सविता राई, उत्कृष्ट महिला र पुरुष बचतकर्ता तर्फ संगिता तामाङ्ग र जय कुमार के सि, उत्कृष्ट ऋण कारोबारिमा मित्राकुमारी सुर्खेती सार्की र नवीन ढकाल, र उत्कृष्ट बाल बचतकर्तामा जस्मिन तामाङ्गलाई सम्मान गरेको छ । सम्मानित सेयर सदस्यहरुलाई विशिष्ट अतिर्थी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि प्रसाद सुबेदिले सम्मान गर्नु भएको थियो ।

 

संस्थाले आफ्नो नियमित कार्यक्रमको रुपमा रक्तदान, बालबचतकर्तालाई भ्रमणका साथै खेलकुद, ज्येष्ठ नागरिकका लागि तिर्थाट्न, मृत्यु संस्कार राहत, सुत्केरी राहत जस्ता कार्यहरु गर्दै आएको छ । यश संस्थाले सम्पुर्ण शेयर सदस्यको जन्मदिनमा फेसबुक मार्फत शुभकामना दिएर जन्मदिनलाई बिशेश बनाउदै आएको व्यवस्थापक राईले बताए ।

सम्बन्धित खवर