४२ जना दिर्घ रोगि नगरले दिने आर्थिक सहयोग बितरण गरेको छ । नगरमा रहेका दिर्घ रोगि क्यान्सर, स्पाईनल कर्ड, मुटुरोग, मृगौला फेलियर र बोनम्यारो डिप्रेसनका रोगिहरुलाई जिवनमा एक पटक दिने भनेको १५ हजार बरावरको रकम प्रदान गरेको हो । पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा भएको वडा दशै, दिपावली तथा छैट पर्वको शुभकामनन आदन प्रदानको अवसर पारेर रोगीहरुलाई आर्थिक सहयोग बितरण गरेको हो । नगरमा रहेका १३ बर्षको बालक देखि ९३ बर्षका वृद्ध बिरामीहरुलाई प्रमुख अतिथी नगर उप प्रमुख यमुना बिष्ट बास्तोला सो रकम बितरण गर्नु भएको थियो ।
रकम हस्तान्तरणका क्रममा उहाँले आफु पनि एउटा मात्र मृगौला भएको व्यक्ति भएकाले दीर्घ रोगसंग लड्नका लागि मनोवन बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले नगरपालिकाले ठूलो सहयोग गर्न नसकेपनि दीर्घ रोगको समस्याभएकाहरुलाई एक ठाउँ बोलाएर रोगसंग लड्न सक्ने क्षमताको विकास गर्न प्रोत्साहित गरेको सुनाउनु भयो ।
कार्यक्रममा बोल्दै क्यान्सर रोग पिडीत शिक्षक खेमराज घिमिरेले नगरपालिकाको यसखाले सहयोगले आफुहरुलाई ठूलो उर्जा मिलेको जनाउँदै कसैको सान्त्वनाले मात्र पनि रोगसंग लड्ने क्षमताको विकास हुने भावुक कुरा राख्नुभयो ।
मुटु, मृगौला, स्पाइनलकड इन्जुरी, क्यान्सर र बोनम्यारोको जटिल समस्या भएका नगरका विरामीहरुका लागि उनीहरुको जीवनमा एकपटक नगरपालिकाले जनही १५ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको थियो । सो अनुरुप १९ जना मुटुरोगी, १६ जना क्यान्सर रोगी र ७ जना मृगौला रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । जसमा २४ महिला र १८ पुरुष छन् । अन्य २ प्रकारका रोगीहरु भनें पहिचान नभएको उल्लेख छ ।