पथरी ट्राफिक प्रहरी कार्यालयको पहल र कोशी ट्याक्टर व्यवसायी संघ पथरी शाखाको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरण गर्न ट्याक्टरहरुमा रिफ्लेक्टर स्टिकर टासिएको छ ।
सवारी चाड वाडको अवसरमा सडक ब्यास्त हुने भएकाले र्दुघटना न्यूनिकरण गर्ने उद्देश्यले स्टिकर टासिएको हो । पथरी ट्राफिक कार्यालय अगाडि ट्याक्टर चालक, ट्राफिक प्रहरी र ट्याक्टर सञ्चालकहरुले संयुक्त रुपमा स्किटर टाँसेका छन् । यसरी नै प्रदेश नं. १ भरी यो कार्यलाई निरन्तरता दिने बताउँदै ट्राफिक प्रहरी कार्यालय पथरी प्रमुख निरबहादुर विकले दुर्घटना न्यूनिकरण गर्न पथरीशनिश्चरेमा प्रथम पटक ट्याक्टरहरुमा रिफ्लेक्टर स्किटर टाँसिएको बताए । यो सुरुवाती अवस्था भएको बताउँदै अब उप्रान्त ट्याक्टर चालकहरुले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्ने, स्टिकर टाँस गरिएको हुनुपर्ने र ट्राफिक नियम भित्र रही गाडी चलाउन अनुरोध गरेको छ । यदि यी नियमहरु उल्लंघन गरे ५ सयदेखि १५ सय सम्म जरिवाना गरिने असई निरबहादुर विकले बताए । ट्राफिक प्रहरीले चालक र यात्रुहरुको सुरक्षाको लागि गरेको कार्यको प्रसंसा गर्दै संघले खेल्नु पर्ने भुमिका सधै सकरात्मक रहेको कोशी ट्याक्टर व्यवसायी संघ पथरी शाखा अध्यक्ष लोकनाथ अधिकारीले बताए ।