पथरीशनिश्चरेकाे वाल्मीकि माध्यमीक बिध्यालयले बडादशैकाे अवसर पारेर अाफ्ना बिध्यार्थीहरु संग दशै, तिहार, तथा छैटकाे शुभकामना साटासाट गरेकाे छ भने नव अागन्तुक बिध्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेकाे छ ।

शुभकामन कार्यक्रम बिध्यालय प्रसासनले बिध्यार्थीहरुलाई दशैकाे टीका र जमरा लगाई दक्षिणा समेत प्रदान गरेकाे थियाे । कार्यक्रममा ११ र १२ का उत्कृष्ट बिध्यार्थी र प्लस टु मा प्लस ए ल्यायन सफल राेजिना राजभण्डारी र निमा तामाङलाई एस ई ई मा बढि अंक ल्याउन सफल लक्ष्मी तामाङलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।
प्रिन्सीपल नवल किशाेर खनालकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा ११ र १२ का बिध्यार्थीहरुले गायन तथा नित्य प्रस्तुत गरि थप मनाेरन्जन प्रदान गरेका थिए । उपस्थित अतिथी तथा बिध्यर्थीहरुलाई साहायक प्रिन्सिपल चन्द्र प्रसाद दुलालले स्वागत मन्तव्य ब्याक्त गर्नु भएकाे थियाे ।
