लेटाङ फुटवलले चुम्यो प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवलको उपाधि - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

लेटाङ फुटवलले चुम्यो प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवलको उपाधि

पथरीशनिश्चरेमा जारी प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवलको उपाधि लेटाङले चुमेको छ ।
नगरपालिका १ सुनखरी क्लवको खेलमैदानमा भएको प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगितामा पथरी स्पोर्टिङ फुटवल क्लवलाई ०–३ गोल गर्दे लेटाङ फुटवल क्लव विजयी बनेको छ ।

लेटाङले खेलको पहिलो हाफको २६ औं मिनेटमा क्यापटेन अभिषेक लिम्वुले पेनालिट मार्फत अग्रता लिएको थियो पथरीका डिफेन्डर मनि धिमालले लेटाङका खेलाडिलाई डिवक्समा फल गरे पछि लेटाङले पेनाल्टीको अवसर पाएको थियो ।
पहिलो हाफमै १–० ले पछि परेको पथरी स्र्पाेटीङले क्लव दोस्रो हाफको ५४ औ मिनेटमा लेटाङका सुमन लिम्वुले फ्रिकिक मार्फत उतकृष्ठ गोल गर्दै खेलमा २ गोलको अग्रता दिलाए । त्यसको लगतै खेलको ६० औ मिनेटमा फेरि फ्रिकिक मार्फतनै लेटाङका उमेश कार्कीले अर्को गोल थपेपछि पथरी निरास वनेको थियो ।
प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगिताको विजेता वन्दै नगद ५१ हजार १ सय ११ मेडल र प्रमाण पत्र हात परेको छ भने पथरी उपविजेता वन्दै ३१ हजार १ सय ११ मा चित्त बुझाएको छ ।
आजको खेलको म्यानअफदि म्याच लेटाङका उमेश कार्की,वेष्ट गोलकिपर अज्जित श्रेष्ठ,वेष्ट डिफेन्स अभिषेक लिम्वु, वेष्ट मिडफिल्ड पथरीका असिम राई,सर्वाधिक गोलकर्ता पथरीका अरुण लिम्वु,सर्वउत्कृष्ठ खेलाडि साईमन लिम्वु र उदयमान खेलाडि पथरीका विशाल पाण्डे घोषित हुदै सम्मानित भए ।
विजेता तथा उपविजेतालाई नगद तथा ट्रफी प्रकुख अतिथी प्रदेश नं. १ क िसभासद कृष्ण कुमारी राईले पुरस्कृत गर्नु भएको थियो ।

सम्बन्धित खवर