आईतबार उनीहरुको जातिय परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनीहरुको बिदाईका लागी हजारौँको जनसागर उर्लिको थियो । संघिय समाजवादी पार्टीका मोरङ क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका बर्ण र सहसचिब रहेका मनकुमारको अन्तिम बिदाईका लागी जनसागर नै उर्लिएको थियो । बर्णका एक श्रीमती,२ छोरा र एक बुहारी रहेका छन भने मनकुमारका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन । सोमबार बिहान दुबै परिवारका घरमा पुगेर स्थानीय न्यु जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड,लक्ष्मी माध्यमिक बिद्यालय,जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ लगायतले समवेदना समेत प्रकट गरेका छन ।
यसरी भएको थियो दुर्घटना
पश्चिमबाट पुर्बतर्फ को १२ प ९६८२ नम्बरको पल्सर मोटरसाईकलमा जाँदै गरेका बेलबारी ११ लक्ष्मीमार्गका बर्णबहादुर राई र मनकुमार राई पुर्बबाट पश्चिमतर्फ आँउदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकमा ठोक्किँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बेलुका ६.४५ बजे भएको दुर्घटनामा मोटरसाईकल पछाडी बर्ण राईको घटनास्थलमै ज्यान गएको र चालक मनकुमारको उपचारका लागी धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।