सयपत्री खेती गर्ने क्रम बढ्दो - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

सयपत्री खेती गर्ने क्रम बढ्दो

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा दीपावलीलाई लक्षित पारेर सयपत्री (थुगे फुल) खेती थालिएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले १ विघा क्षेत्रफलमा व्यवसायी सयपत्री फुल खेती लगाएको छ । अहिले फुल ढकमगाएर फुलेको छ । बेच्नको तम्तयार छ ।

प्रतिकेजी रु.२ सय ५० मा विक्री भइरहेको सयपत्री फुल भाइटिकामा मात्र होइन, विभिन्न कार्यक्रममा पनि प्रयोग गर्ने चलन बढ्दो छ । सयपत्री फुल आयातमा न्युनीकरण गर्न यस बर्षदेखि सयपत्री खेती थालिएको मदन भण्डारी मेमोरियल एकाडेमी नेपालका कार्यकारी अधिकृत बिनोद अर्यालले बताएका छन् । उनले भने, ‘भारतीय फुल विस्थापित गरी घरमै उत्पादन भएको फूल लगाउने उद्देश्यले सयपत्री खेती थालेका हौं ।’


तीन महिना अघि २० हजार विरुवा खरिद गरी प्रतिष्ठानले रोपेको थियो । उर्लाबारी र पथरीका स्थानीयवासीको सयपत्री फुलको मागलाई थेग्ने हिसाबले उत्पादन गरिएको फूलबाट डेढ लाख आम्दानी गर्ने लक्ष्य लिएको अधिकृत अर्यालले बताएका छन् । उनले आगामी वर्षमा २ विद्या क्षेत्रफलमा सयपत्री खेती गर्ने जानकारी गराए । घुरेनमा रोपेर व्यक्तिगत प्रयोजन गर्दै आएका स्थानीयले अहिले सो क्रम घट्दो छ । माग बढेपछि केही सालयता सयपत्री खेती गर्ने क्रम बढ्दो छ । यसले सयपत्री फुलमा आत्मानिर्भर बनाउने संकेत गर्छ ।

सम्बन्धित खवर