साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे ५ की ३० वर्षीया पवित्रा थापालाई सोमबार साझ खेती धनीले कुट्पिट गरेपछि घाइते भएकी छिन् ।


खेती धनी पथरीशनिश्चरे १ की सुभद्रा पाण्डेले आफ्नो खेतमा अधिया गर्ने थापालाई घाइते बनाएकी हुन् । थापाले पाण्डेको १ विघा १० कट्टा जमिन ३ बर्ष अगाडिदेखि खेती गर्दै आएकी थिइन् । खेती गरुन्जेल अधिया गर भनेर दिएको जग्गा नछोडेको भन्दै पाण्डेले अपशब्द बोल्दै शरिर भरी टोकेर घाइते बनाएकी छन् । उनको पथरी अस्पतालमा उपचार भइरहेको छ । थापालाई कुट्ने क्रममा पाण्डे पनि लडेर घाइते भएको र उनको पुरानो घाउ बल्झेकाले मोरङ हस्पिटलमा उपचार भइरहेको छ । ३ बर्ष अगाडि घर जग्गा दिने प्रलोभन देखाएर अधिया गनृ दिएको, बाली नभित्राइ, बिचमा आएर छोड्न दवाब दिन थाले पछि बिबाद हुँदा शरिर भरी टोकेको पीडित थापाले बताइन् । केही साताअघि देखि बिबाद भएको र कार्तिक १४ गते बुधबार अधिया छाड्ने सहमति भएको थियो । तर जग्गाधीले दुई दिन अघिनै घट्ना घटाएको हो । पीडित थापाको श्रीमान बहिरा भएको र उनीहरु सोझो भएकाले पाण्डे परिवारले सोझोपनको फाइदा उठाउँदै वारम्बार दबाब दिने गरेको स्थानीय बताउँछन् । इलाका प्रहरी कार्यालय पथरीले दुबै पक्ष उपचारको क्रममा भएकाले, स्वास्थ्यमा सुधार आएपछि कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।