काठमाडौं । जारी साफ यु–१५ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको छ ।
पहिलो हाफमा दुबै देशले १÷१ गोल गरेको थियो । बंगलादेशले दोस्रो हाफको पहिलो ३० सेकेन्डमा गोल गर्दै नेपाललाई उछिनेको हो । पहिलो हापमा बंगलादेशले पहिलो मिनेटमै अग्रता लिएको थियो। खेलको ३६ औं मिनेटमा नेपाल जान लिम्बुले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ३४औं मिनेटमा राकेश विश्वकर्मालाई काउन्टर अट्याकमा बंगलादेशी गोलरक्षक मितुल मार्माले खराब ट्याकल गरेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो। गोल किपर रातो कार्ड खाँदै बाहिरिए पछि जानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । जितसँगै नेपालको ३ अंक र बंगलादेशको ६ अंक भएको छ । अब बंगलादेशले भारतको सामना गर्नेछ । नेपालले पाकिस्थानसँग भिड्नेछ ।