काठमाडौं । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने, श्रमिकले महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउने सम्झैता भएको हो । यसैगरी कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउने सम्झौतामा उल्लेख गरिएको छ ।
