नामाङ्कन र राजधानीका लागि आयोग गठन - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

नामाङ्कन र राजधानीका लागि आयोग गठन

जनकपुर । आइतबार विहान बसेको प्रदेश मन्त्रि परिषद बैठकले राजधानी र नामाङ्कनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।
प्रदेशको राजधानी र नामाङ्कन लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले डा. हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् । आयोगको टोलीमा राम प्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेशको राजधानी र नामाङ्कनको बिषयमा विभिन्न राजनीतिक दल, संघ–संस्था, व्यक्तिहरुसंग सल्लाह र सुझाव संकलन गर्ने बताइएको छ । आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने मन्त्री यादबले जानकारी दिए ।
आयोगले केही दिनभित्रै काम थाल्ने छ । प्रदेशको अस्थायी प्रदेश राजधानी जनकपुरधाममा रहेको छ ।

सम्बन्धित खवर