नगरपालिकाले तीन दर्जन विद्यार्थीलाई प्राविधिक शिक्षा दिने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नगरपालिकाले तीन दर्जन विद्यार्थीलाई प्राविधिक शिक्षा दिने

बेलबारी । गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्थानीय सरकार बेलबारी नगरपालिकाले प्राबिधिक शिक्षा पढाउन थालेको छ ।
३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो । सीएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटीए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ्ग, डिप्लोमा ईन सिभिललगायतका बिषयमा पठन पाठनका लागि सहयोग गरेको छ ।


नगरपालिकाले ‘शैक्षिक ऋण उपहार कार्यक्रम’ नै ल्याएर पठनपाठन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । सुवेदीका अनुसार पठनपाठनका लागि नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ । नगरको सिफारिसमा पठन पाठन गर्ने बिद्यार्थीहरुले कोर्स सकिएपछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नुपर्ने छ ।

सम्बन्धित खवर