बिराटचोक । मोरङको सुन्दरहरौचामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमा आधारित नाटक प्रद्धर्शन गरिने शनिबार आयोजित कार्यक्रममा बताइएका छ ।
विराट आदर्श साहित्य मञ्च मोरङको प्रस्तुतीमा नाट्य प्रस्तुत हुन लागेको हो । शिल्पी थिएटर मा लामो समय नाटक खेल्दै आएका सविन कट्टेलको निर्देशनमा बनेको मुनामदन नाटक सुन्दरहरैचा नगरपालिकाको सलकपुर स्थित दुर्गादेवि दुलाल स्पोट्र्स ग्राम (ब्याडमिन्टन कभर्डहल), सलकपुरमा प्रद्धर्शन गर्न लागेको हो । कार्तिक १७ गते देखि १९ गतेसम्म प्रद्धर्शन गरिने नाटकलाई सफल बनाउन सुन्दरहरैचा नगरपालिका, कोशीहरैचा उधोग वाणिज्य संघ , इन्द्रपुर जेसिज , रेडियो कार्यक्रम ‘नझरेका फुलहरु’ ले सहयोग गरेको छ भने मुख्य प्रायोजक पिएलओ लुब्रीकेण्टसले गरेको छ । ११ जनाले अभिनय गर्ने नाट्यमा टिकट दर भने १ सय, २ सय र ५ सय रहेको आयोजकले पत्रकार सम्मेलन गरि बताएको छ । ३ लाख ५० हजार अनुमानित आर्थिक संकलन गर्ने लक्ष्य रहेको निर्देशक कट्टेलले बताए । दर्शकहरुलाई कलाकारहरुले करिब १ घण्टा १० मिनेटको मनोरञ्जन प्रदान गर्न सक्छ या सक्दैन ? त्यो प्रद्धर्शनको मिति कुर्नु पर्नेछ ।