विराटचोक । सुकुना वहुमुखी क्याम्पस सुन्दरहरैचा, मोरङले २७ वर्ष पछि बीबीए कक्षा संचालन गर्ने भएको छ ।
टाढा टाढा गएर महङ्गो शूल्क तिरेर पढ्नु पर्ने वाध्यता, गाउँमै प्राविधिक शिक्षाको सेवा प्रदान गर्ने उद्देश्यले बीबीए कक्षा संचालन गर्न लागेको सुकुना वहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई वताएका छन । क्याम्पसले शैक्षिक कार्यक्रम बीबीए विषय ज्ञान दिने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशले नयाँ विषय अध्ययनमा त्यसका चुनौतिहरुलाई पनि आँकलन गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लिराज शर्माले असल व्यवस्थापकले मात्र देश समृद्ध वनाउनमा सहयोग पुर्याउने हुँदा बीबीए महत्व झनै वढेर गएको वताए । शर्माले त्रिभुवन विस्वविद्यालयले आवश्यतालाई मध्यनजर राख्दै सामूदायिक कलेजहरुमा पनि व्यवहारिक विषयलाई महत्व दिइरहेको हुँदा सरोकारवाला निकायले कटिवद्ध भएर लाग्नु पर्ने वताए ।
उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाईँले शैक्षिक प्रमाण पत्र वेरोजगार उत्पादन गर्नेतर्फमात्र निर्देशित भैरहेको परिप्रेक्षमा नयाँ विषय बीबीएले व्यवहारिक ज्ञान दिनेमा आसा व्यक्त गरे । सुन्दरहरैचा नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनमाया तामाङले क्याम्पसलाई बीबीए संचालनमा आवश्यक पर्ने आर्थिक तथा कानुनी सबै खाले सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको जनाइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय राजकुमार ओझा र लोकप्रसाद सङ्ग्रौलाले विकास र समृद्धिका मुद्धामा एक रहेको वताउँदै क्याम्पसको विकासमा आफूहरु सधैँ कटिवद्ध रहेको पनि प्रतिवद्ता जायर गरेका थिए । नेविसंघका विजय तोलाङ्गी, अनेरास्ववियुका मिलन बस्नेत, पूर्व विद्यार्थीका ललित श्रेष्ठ, प्राध्यापक तथा कर्मचारीहरुको तर्फबाट अर्जुनराज अधिकारी, संचालक समितिको तर्फबाट केदार गुरागाई, पूर्व क्याम्पस प्रमुखको तर्फबाट निवर्तमान क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ आदिको आआफ्नो तर्फबाट प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, केराबारी क्याम्पस प्रमुख, टेकबहादुर थपलिया, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र मास्के लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
क्याम्पस प्रशासनले दिएको जानकारी अनुसार विविएका लागि कार्तिक ३० गतेसम्म फारम भर्न सकिने छ भने मङ्सिर ८ गते प्रवेस परीक्षा (सिमेट) संचालन हुने छ । वि.स. २०४८ सालमा मानविकी संकायबाट पठनपाठन सुरु गरेर पछिल्लो समयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान लगायतका संकायको अध्ययन अध्यापन गराउँदै आएको छ ।