नेकपालाई वैधानिकता, अन्यायमा कट्टेल, न्यायको लागि अदालत जाने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

नेकपालाई वैधानिकता, अन्यायमा कट्टेल, न्यायको लागि अदालत जाने

साइनो समचारदाता
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई शुक्रबार वैधानिकता दिएपछि ऋषि कट्टेल रुष्ट भएका छन् । प्रमुख निर्वाचन आयुक्तको इजलासले नेकपालाई वैधानिकताको फैसला सुनाएको हो ।
उनी नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष हुन् । कट्टेल नेतृत्वको पार्टी २२ साउन २०७० मा पार्टी दर्ता गरेका हुन् । आफै नेतृत्वको पार्टी आयोलले पुनः दर्ता गरेपछि आश्चर्यमा परेका छन् । उनले भनेका छन्, ‘फेरि उस्तै नामको पार्टी कसरी दर्ता गर्न मिल्छ ? निर्वाचन आयोगले न्याय दिएन । अब सर्वाेच्च अदालतमा मुद्दा हाल्छौँ । सत्ता शक्तिको प्रयोग गरी आफ्नो पक्षमा फैसला गराइएको छ । हामी अन्याय सहँदैनौँ ।’
तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपाको नाम राख्ने सहमति भएको थियो । सहमति अनुसार २३ जेठ २०७५ सालमा दर्ता भएको थियो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाममा अर्काे पार्टी दर्ता गरेको भन्दै गत साउनमा निर्वाचन आयोगमा मुद्दा दायर गरेको थियो । मुद्दा परेपछि दुवै पार्टीलाई लिखित स्पष्टीकरण सोधेको निर्वाचन आयोगले हिजो सत्तारुढ नेकपालाई वैधानिकता दिएको हो । ७ कात्तिकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मुक्ति प्रधानले इजलासमा बयान दिएका थिए ।

सम्बन्धित खवर